प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिर्पोट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिर्पोट नेगेटिभ
शुक्रबार, साउन २३, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ओलीसँगै परीक्षण गरिएका अन्य ६ जनाको पीसीआर परीक्षण रिपोर्ट पनि नेगेटिभ नै आएको छ ।

शुक्रबार बिहान स्वाब लिइ परीक्षण गरिएको प्रधानमन्त्रीसहित ६ जनाको रिर्पोट नेगेटिभ आएको हो । शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएका सबैको रिर्पोट नेगेटिभ आएको संसदीय सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा. पुष्प रिजालले जानकारी दिए ।