वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरस पुष्टि

वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरस पुष्टि
आइतवार, साउन २५, २०७७

काठमाडौं– वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको बताए ।

डा उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन् । ती महिलालाई हिजो नारायाणी अस्पतालमा मृत अवस्थामै ल्याइएको थियो ।

उनको हिजो मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा पोजेटिभ आएको डा उपाध्यायले जानकारी दिए ।