रूसमा पछिल्लो २४ घण्टामा ५ हजार २१२ जनामा कोरोना संक्रमण

रूसमा पछिल्लो २४ घण्टामा ५ हजार २१२ जनामा कोरोना संक्रमण
आइतवार, साउन २५, २०७७

काठमाडौं – रुसमा एकैदिन ५ हजार २१२ जना कोरोना भाइरसको संक्रमित भएका छन् ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ८५४ पुगेको छ । संक्रमित संख्या ८ लाख ८२ हजार ३४७ पुगेको छ ।

१ लाख ७७ हजार २८६ जनाको उपचार भइरहेको छ भने ६ लाख ९० हजार २०७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।