च्याम्पियन्स लिग :  क्वाटर फाइनल खेल्ने टोलीको छिनोफानो

च्याम्पियन्स लिग :  क्वाटर फाइनल खेल्ने टोलीको छिनोफानो
आइतवार, साउन २५, २०७७

काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लागेको छ । आइतबार बिहान प्रि क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठको टुङ्गो लागेको हो ।

अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नापोलीलाई ३–१ गोलले र बार्यनले चेल्सीलाई ४–१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अब बार्सिलोना र बार्यनले १४ अगस्टमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, म्यान्चेस्टर सिटीले लियोनसँग अगस्ट १५ मा खेल्ने तय भएको छ । एट्लान्टा र पेरिस सेन्ट जर्मन (पीएसजी) ले अगस्ट १२ मा खेल्नेछन् भने लेइपीज्गी र एट्लेटिको मड्रिडको खेल अगस्ट १३ मा हुनेछ ।

यी टोलीहरुमध्ये जसले बाँकी तीन खेल जीत्न सक्छ उसले नै च्याम्पियन्स लिगको ट्रफी उचाल्नेछ । २३ अगस्टमा च्याम्पियन्स लिगको विजेताको टुङ्गो लाग्नेछ ।