स्वास्थ्य मन्त्रालयकै ४ कर्मचारीमा कोरोना भाइरसको संक्रमण

स्वास्थ्य मन्त्रालयकै ४ कर्मचारीमा कोरोना भाइरसको संक्रमण
आइतवार, साउन २५, २०७७

काठमाडौँ – कोरोना भाइरसको रोकथाममा नेतृत्वदायी भूमिका खेलिरहेको स्वास्थ्य मन्त्रालयकै ४ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीका अनुसार ४ जनामा कोरोना पुष्टि भएको छ। तर विस्तृत विवरण आइनसकेको उनले जानकारी दिए ।

प्रारम्भिक विवरण अनुसार कार्यालय सहयोगी र चालकहरूमा संक्रमण भएको जानकारी आए पनि अरू विवरण आइनसकेको उनले जानकारी दिए ।

संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भएको मन्त्रालयले जनाएको छ।