तराई मधेसका जिल्लामा तत्काल हवाई उडान नहुँने

तराई मधेसका जिल्लामा तत्काल हवाई उडान नहुँने
आइतवार, साउन २५, २०७७

काठमाडौं –  भदौ १ बाट हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले तराई मधेसका जिल्लामा तत्काल आन्तरिक उडान नखुलाउने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै उडान सुरू गर्ने नगर्ने भन्ने अन्यौल बढे पनि काठमाडौँबाट तराईमधेसका जिल्लामा तत्काल उडानको सम्भावना कम रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)मा सोहीअनुसार प्रस्ताव लैजाँदैछ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आन्तरिक उडानतर्फ पोखरा र भरतपुरमा उडान खोल्ने प्रस्ताव गरिएको छ ।