आइतबार ३८० जनामा कोरोना भाइरसको संक्रमण, थप दुईको मृत्यु

आइतबार ३८० जनामा कोरोना भाइरसको संक्रमण, थप दुईको मृत्यु
आइतवार, साउन २५, २०७७

काठमाडौं –  नेपालमा  थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि  भएको छ ।

२४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा थप ३८० संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा आइतबार दिइएको जानकारी अनुसार संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४० जना डिस्चार्ज भएका छन् । यस्तै थप २ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।