काठमाडौँमा थप ९० जना संक्रमित, उपत्यकामा संक्रमित संख्या ११ सय नाघ्यो

काठमाडौँमा थप ९० जना संक्रमित, उपत्यकामा संक्रमित संख्या ११ सय नाघ्यो
आइतवार, साउन २५, २०७७

काठमाडौं – काठमाडौंमा एकै दिन फेरि ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा गरी उपत्यकामा ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएकामा काठमाडौँ उपत्यकामा मात्रै ९२ जना संक्रमित भएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा कुल संक्रमित संख्या १ हजार १३६ पुगेको हो ।

काठमाडौंमा मात्रै ९ सय १२ जना संक्रमित भएका छन् भने ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।