गोंगबु हत्या प्रकरण : घटनामा संलग्न भएको आशंकामा चितवनकी एक महिला पक्राउ

गोंगबु हत्या प्रकरण : घटनामा संलग्न भएको आशंकामा चितवनकी एक महिला पक्राउ
सोमवार, साउन २६, २०७७

काठमाडौँ – काठमाडौँको गोंगबुमा बस्दै आएका दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको आशंका प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार गोंगबु चोक नजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो ।

कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।