नेपालमा आज एकैदिन ६३८ कोरोना संक्रमित थपिए, १७१ जना संक्रमणमुक्त

नेपालमा आज एकैदिन ६३८ कोरोना संक्रमित थपिए, १७१ जना संक्रमणमुक्त
मङ्लबार, साउन २७, २०७७

काठमाडौं-नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको २३ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।