काठमाडौंका ११० सहित उपत्यकामा एकैदिन १३४ कोरोना संक्रमित थपिए

काठमाडौंका ११० सहित उपत्यकामा एकैदिन १३४ कोरोना संक्रमित थपिए
मङ्लबार, साउन २७, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन् ।  जसमा काठमाडौंका ११० जना, ललितपुरका १६ र भक्तपुरका ८ जना रहेका छन् ।

उपत्यकामा १३४ सहित मुलुकभर ६३८ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।