नेपालमा थप ४ जनाको कोरोनाले मृत्यु, मृतक संख्या ८३ पुग्यो

नेपालमा थप ४ जनाको कोरोनाले मृत्यु, मृतक संख्या ८३ पुग्यो
मङ्लबार, साउन २७, २०७७

काठमाडौं-नेपालमा आज थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको भएको छ ।

त्यस्तै धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको छ ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।