लगानी बोर्डका नवनियुक्त सीईओ भट्टलाई तत्काल काममा नलगाउन उच्च अदालतको आदेश

लगानी बोर्डका नवनियुक्त सीईओ भट्टलाई तत्काल काममा नलगाउन उच्च अदालतको आदेश
मङ्लबार, साउन २७, २०७७

काठमाडौँ —लगानी बोर्डका नवनियुक्त सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुशील भट्टलाई तत्काल काममा नलगाउन उच्च अदालत पाटनले सरकारका नाममा आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले भट्टलाई आगामी आइतबारसम्मका लागि काममा नलगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

एकल इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । त्यत्तिञ्जेल भट्टको नियुक्तिको निर्णय यथास्थितिमा राख्नु भनी आदेश दिइएको ।

सोमबार अधिवक्ता जयबहादुर भुजेलले उत्प्रेषणको आदेशबाट भट्टको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालतमा रिट दिएका थिए ।

साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गरेको थियो।