अर्को सूचना नभएसम्म शैक्षिक संस्था नखोल्ने सरकारको निर्णय

अर्को सूचना नभएसम्म शैक्षिक संस्था नखोल्ने सरकारको निर्णय
मङ्लबार, साउन २७, २०७७

काठमाडौँ – कोरोना भाइरस संक्रमण जोखिम उच्च भएपछि सरकारले शैक्षिक संस्था अर्को सूचना नभएसम्म नखुल्ने भएका छन् ।

मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्।

सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउन उनले आग्रह गरेका छन् ।

बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन्।