कोरोनाको जोखिम बढेपछि होटल – रेष्टुरेन्टमा बसेर खान फेरि प्रतिबन्ध

कोरोनाको जोखिम बढेपछि होटल – रेष्टुरेन्टमा बसेर खान फेरि प्रतिबन्ध
मङ्लबार, साउन २७, २०७७

काठमाडौँ – सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान फेरि प्रतिबन्ध लगाएको छ ।

साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा कोरोना भाइरस संक्रमणको जोखिम अतिउच्च भएपछि  फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको निर्णय भएको उनले जानकारी दिए ।

सरकारको उक्त निर्णयसँगै सञ्चालनमा आएको दुई साता नबित्दै होटलहरू फेरि बन्द हुने भएका छन् ।