कोरोनाको जोखिम बढेपछि सीमानामा कडाइ, १० नाकाबाट मात्रै नेपाल आउन पाइने

कोरोनाको जोखिम बढेपछि सीमानामा कडाइ, १० नाकाबाट मात्रै नेपाल आउन पाइने
मङ्लबार, साउन २७, २०७७

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले सीमा नाकामा फेरि कडाइ गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय भएको खतिवडाले जानकारी दिए।

अब काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

यसअघि जेठ १२ को निर्णयमा २० नाकाबाट नेपाल प्रवेश गर्न सकिने निर्णय गरिएको थियो। त्यसमा मन्त्रिपरिषदले संशोधन गर्दै १० नाकामा झारेको हो।