बाढीपहिरोले जाजरकोटमा खानेपानी आयोजना अवरुद्ध, २ हजार घरपरिवार बन्चित (फोटोफिचर)

बाढीपहिरोले जाजरकोटमा खानेपानी आयोजना अवरुद्ध, २ हजार घरपरिवार बन्चित (फोटोफिचर)
मङ्लबार, साउन २७, २०७७

बद्री पन्त
जाजरकोट-गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अबरुद्ध भएको छ । खानेपानी अबरुद्ध भएपछि बारेकोटका २ हजार घर परिवार शुद्ध खानेपानीको सुविधाबाट बन्चित भएका छन् ।

खानेपानीको समस्याले त्यस क्षेत्रमा अन्य संक्रमण फैलनसक्ने जोखिम वढेको छ । जसमा बारेकोट ४ को सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, ५ को तोलखाना, कालाखोली, भैलोखाना, ६ को धुमा, घर्तीगाउँ, ताँसी, ७ को स्याला, सुवाकोट, लुहाग, १ को धौलाकोट, कोट्ली, तल्लो सिर्पाचौर, तलिआगर लगाएत वडाका बस्तीमा खानेपानीको चरम अभाव भएको छ ।

पहिरोको कारण दर्जनौ खानेपानी आयोजना बन्द भएका छन । गाउँमा आपुर्ती हुदै आएका खानेपानी पहिरोले क्षेती पुर्याएपछि स्थानीयबासीन्दा बर्खाको खोलामा बग्ने धमिलो पानी पिउन बाध्य भएका छन ।

शुद्ध पिउने पानी अभावमा स्थानीय बासिन्दा झाडापखाला, आउ, जुका लगाएत रोगको जोखिम बढेको छ । पहिरोले खानेपानीका पाइप, ट्याङकी बगाएर लगेपछि खानेपानीको समस्या भएको पहिरो पिडितको गुनासो छ । विस्थापित बसेको स्थानमा समेत खानेपानीको व्यवस्थापन हुन नसकेको बेलु नेपाली बताउँछन् ।

तत्कालै खानेपानी आयोजना मर्मत तथा निर्माण गर्न सकिने अबस्था नै छैन । यसका लागि अल्पकालिन र दिर्घकालिन व्यवस्था गरेर खानेपानी सन्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

बारेकोट गाउँपालिकामा गएको बाढीपहिरोले करिब ३५ करोड रुपैयाँको क्षति पु¥याएको छ । बारेकोटमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।

गाउँपालिकाका अनुसार पहिरोमा ३ जना घाइते भएका थिए भने ६० घर पूर्णरुपमा भत्किएका छन् । ३ सय ३४ परिवारका ८ सय जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेका छन ।