कोरोनाको जोखिम बढ्दै गएपछि भुटानमा पहिलो पटक लकडाउन

कोरोनाको जोखिम बढ्दै गएपछि भुटानमा पहिलो पटक लकडाउन
मङ्लबार, साउन २७, २०७७

काठमाडौं-कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भुटानमा पहिलो पटक लकडाउनको घोषणा गरिएको छ । एक २७ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भुटानमा देशभर लकडाउन घोषणा गरिएको हो ।

कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कुवेतबाट फर्किएकी ती युवतीलाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएपछि लकडाउन गरेको भुटानको सरकारले जनाएको छ ।

संक्रमणको दर तीव्र गतिमा फैलिन सक्ने भन्दै लकडाउनलाई विकल्पको रुपमा लिइएको स्थानीय प्रशासनले जनाएको छ । भुटानमा अहिलेसम्म १ सय १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।