बाँकेमा फेरि निषेधाज्ञा थपियो

बाँकेमा फेरि निषेधाज्ञा थपियो
मङ्लबार, साउन २७, २०७७

नेपालगन्ज-बाँके प्रशासनले शनिबार रातिदेखि जारी गरेको निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ । आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले ३ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि बैठकले शनिबार जारी निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाकेले जिल्लाभरि तेस्रो पटक गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा लागू गरेको थियो ।