न्युजिल्याण्डमा धेरै समयपछि फेरि कोरोना संक्रमण देखियो

न्युजिल्याण्डमा धेरै समयपछि फेरि कोरोना संक्रमण देखियो
मङ्लबार, साउन २७, २०७७

एजेन्सी-न्युजिल्याण्डमा धेरै दिनपछि फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ ।न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएकी छन् ।

उनले सयभन्दा धेरै दिनपछि संक्रमित भेटिएको र भेटिएको स्थानमा तेस्रो चरणको लकडाउन कायम गरेको बताएकी छन्। संक्रमित चारै जना एउटै घरमा बस्नेहरु रहेको बीबीसीले जनाएको छ । उनीहरुलाई कोरोना कसरी सर्‍यो भन्ने स्रोत पत्ता लागेको छैन ।