ब्राजिलमा २४ घण्टामा ५४ हजार ९२३ कोरोना संक्रमित थपिए

ब्राजिलमा २४ घण्टामा ५४ हजार ९२३ कोरोना संक्रमित थपिए
बुधबार, साउन २८, २०७७

काठमाडौं – ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।

संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ ।

जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ । ब्राजिल अमेरिकापछि धेरै संक्रमित भएको देश हो ।