बर्दियामा लागुऔषध सहित एक ब्यक्ति पक्राउ

बर्दियामा लागुऔषध सहित एक ब्यक्ति पक्राउ
बुधबार, साउन २८, २०७७

काठमाडौं। बर्दियाको गुलरिया नगरपालिकाबाट एक ग्राम १० मिलिग्राम ब्राउनसुगर सहित २१ वर्षीय आर्यन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिकामा बस्ने आर्यन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यायल बर्दियाबाट खटिएको टोलीले चेकजाँचका क्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई लागूऔषध र तीन हजार ७७० रूपैयाँ नगदसहित पक्राउ गरेको हो।

त्यस्तै सुनसरीको धरानमा पाँच किलो गाँजासहित धनकुटा पाख्रिबास नगरपालिका-८ बस्ने २९ वर्षीय सन्दिप राई पक्राउ परेका छन्।
विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले राईलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा चार ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित बेदकोट नगरपालिका-३ बीचपाटा बस्ने २० वर्षीय राकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।