कोरोना संक्रमित बढेपछि सिन्धुलीमा निषेधाज्ञा

कोरोना संक्रमित बढेपछि सिन्धुलीमा निषेधाज्ञा
बुधबार, साउन २८, २०७७

यम चौलागाई

सिन्धुली– कोरोना भाईरसको सङ्क्रमण बढेपछि आज देखि सिन्धुली दसदमुकामा सिंधुलिमाढीमा निषेधाज्ञा जारी गरिएको छ ।  कमलामाई नगरपालिकाले जिल्ला सदरमुकाम सिन्धुलीमाढीसहितको नगर क्षेत्रमा आज देखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी भएसँगै सिन्धुलीमाढी सहित  नगर क्षेत्र भित्र अत्यावश्यक औषधी पसल र दुध डेरी बाहेकका व्यापार व्यवसाय बन्द भएकाछन् । यस्तै नगर क्षेत्रमा यातायात पूर्णरुपमा बन्द भएका छन् । निषेधाज्ञाका कारण सरकारी कार्यालयहरू, बैक तथा वित्तीय संस्थामा कर्मचारी अपस्थित भए पनि सेवाग्राही भने उपस्थित भएका छैनन् ।

सिन्धुली अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीका अभिभावकलाई कोरोना संक्रमण पुष्टी भएपछि संक्रमण समुदायस्तरमै फैलिएको भन्दै नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।