थप ४८४ जनामा कोरोना पुष्टि, ६४ जनाले जिते कोरोना

थप ४८४ जनामा कोरोना पुष्टि, ६४ जनाले जिते कोरोना
बुधबार, साउन २८, २०७७

काठमाडौं । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८१ जनामा गरिएको कोरोना परिक्षणमा ४८४ जनामा संक्रमण पुष्टि भएको हो ।

६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । हालसम्म १६ हजार ७ सय २८ जना संक्रमित उपचार पछि निको भएका छन् ।