सिन्धुपाल्चोकको जुगल–२ लिदीमा भीषण पहिरो, थप विवरण आउन बाँकी

सिन्धुपाल्चोकको जुगल–२ लिदीमा भीषण पहिरो, थप विवरण आउन बाँकी
शुक्रबार, साउन ३०, २०७७

दिपिन ढुंगाना

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोले कम्तीमा २२ घर पुरेको छ ।

वडाध्यक्ष प्रताप लामाले दिएको जानकारी अनुसार सो घरमा रहेका सबै मानिस पुरिएको आशंका गरिएको छ ।

पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएको हो अझै एकिन भएको छैन ।  वडाध्यक्ष लामाका अनुसार पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको भएपनि एकिन तथ्यांक आउन बाँकी छ ।

जिल्लाको सबैभन्दा विकट वडा भएकोले प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । साथै अन्य उद्धार टोली हेलिकोप्टरबाट जाने तयारी भइरहेको छ ।

जनप्रतिनिधिले चाँडो भन्दा चाँडो घटना स्थलमा घाइतेहरूको उद्दार कार्यमा लाग्न अपिल गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेर क्षतिको विवरण संकलन तथा उद्धारको काम गर्दै गरेको जिल्ला प्रसासन कार्यालयकी प्रसाशकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन् ।