देशभर मध्यम देखि भारी बर्षा हुने सम्भावना

देशभर मध्यम देखि भारी बर्षा हुने सम्भावना
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं। आज देशका केही स्थानमा बदली भई हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेको छ ।

बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ र कर्णाली प्रदेशकाका केही स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।