सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटासहितको टोली घटनास्थलमा (फोटोफिचर)

सिन्धुपाल्चोक पहिरो : सभामुख सापकोटासहितको टोली घटनास्थलमा (फोटोफिचर)
शुक्रबार, साउन ३०, २०७७

दिपिन ढुंगाना

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा आज विहान गएको पहिरोमा २१ पुरिएका छन् भने अन्य ५ घरमा क्षति पुगेको छ ।

पहिरोमा परी ३५ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयको भनाइ छ । पहिराेमा परी गम्भीर घाइते भएका चार जनाको उद्धार गरी काठमाडौं पठाइएको छ । उनीहरुमध्य २ जना महिला र २ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

अहिले सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली घटनास्थल पुगेका छन्। घटनास्थलमा सेना, प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।