सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार?
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-सुनचाँदीको भाउ आज पनि पुनः बढेको छ । सुनकाे भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधवार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो भने २ हजार ४ सय रुपैयाँले बढेको थियो ।

यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।