अनुसन्धान केन्द्र खोल्न नेपाली सेनालाई महाविर पुनको सुझाव

अनुसन्धान केन्द्र खोल्न नेपाली सेनालाई महाविर पुनको सुझाव
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले नेपाली सेनालाई नेपाली सैनिक अनुसन्धान केन्द्र खोल्न सुझाव दिएका छन् ।

नेपाली सैनिक वार कलेज, नगरकोटमा कर्णेल र जर्नेलसँगको ‘नेपालमा अनुसन्धान तथा विकासको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने र सम्भब भएसम्मका मिलिटरी समानको विकास गर्न सैनिक अनुसन्धान केन्द्र बनाउन आवश्यक रहेको बताए ।

अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रले गरेको कामका बारेमा पनि जानकारी गराएका थिए ।

तस्वीर : महाविर पुनको फेसबुकबाट