नेकपाको विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

नेकपाको विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न कार्यदल गठन भएको छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलका सदस्यहरूमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

बिहीबार नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकारात्मक भएपछि विवाद हल गर्न कार्यदल बनाइएको हो ।

कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने जिम्मेवारी पाएको छ ।