विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित छ जनामा कोरोना पुष्टि

विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित छ जनामा कोरोना पुष्टि
शुक्रबार, साउन ३०, २०७७

झापा-नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज नेपाल विद्युत प्राधिकरण दमकमा काम गर्ने पाँच कर्मचारीमा कोरोना देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले जानकारी दिए ।

त्यस्तै दमक ५ बस्ने एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती महिला भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् । कोरोनाको हटस्पट बनेको विराटनगर आवतजावत गर्ने क्रममा प्राधिकरणका कर्मचारीमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

यसबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिएका छन् ।