हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा संकलनमा रोक : स्थानीयलाई घरखर्च चलाउने भन्ने चिन्ता

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा संकलनमा रोक : स्थानीयलाई घरखर्च चलाउने भन्ने चिन्ता
शुक्रबार, साउन ३०, २०७७

रमेश खत्री
दार्चुला-जिल्लाको हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडिबुटी यार्र्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिनका लागी लागाएको प्रतिबन्धले स्थानीयलाई घर खर्च चलाउनसमेत धौधौ परेको स्थानीयले बताएका छन् । जिल्लाका व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाँउपालिकाका नागरिकहरुले अब घरखर्च कसरी चलाउने भन्ने चिन्ताले पिरोलेको छ ।

दार्चुला जिल्ला प्रशासनले संघीय सरकारको निर्णय अनुसार यार्चागुम्बा संकलमा रोक लगाएको छ । जिल्लाको हिमाली गाँउमा पाईने बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलन गर्न नपाएपछि जिल्लाका ५ वटा गाउँपालिकाका स्थानीयहरु चिन्तामा परेका छन् ।

एक महिनाको जडिबुटि संकलनबाट वर्षभरीको खर्च व्यवस्थापनका साथै दैनिक जीवन यापन गर्ने गरेको भएपनि यो वर्ष कोरोना भाईरसको संक्रमणको प्रभावले यार्शागुम्बा संकलनमा रोक लगाइएको छ । दार्चुला जिल्लाको व्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाँउपालिकाबासीले पाईने यार्शागुम्बा लागायतको हिमाली जडिबुटि संकलन गर्ने गरेका थिए ।

यस वर्ष यार्चा टिप्न नपाउँदा घरखर्च तथा दैनिक खर्चको जोहो गर्न समस्या भएको व्याँसका स्थानीय हरकसिंह कार्कीले बताए । एक वर्षमा यार्चा लगायत विभिन्न हिमाली जडिबुटिहरु संकलन गरेर तीनलाख देखि पाँच लाखसम्म आम्दानी गर्नेगरेका स्थानीय यो वर्ष यार्चा संकलन गर्न नपाउँदा दैनिक घरखर्च र बालबालिकाको पठनपाठन खर्च जुनानैं समस्या हुने बताउँछन् ।

दार्चुला जिल्लामा जडिबुटिको व्यवस्थापन ‘अनिनाम्पा संरक्षण क्षेत्र’ले गर्ने गरेको छ । यो वर्ष कोरोना भाईरसका कारण जटिबुटीको संकलन पूर्जि तथा छुटपूर्जिको काम बन्द रहेकाले अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको पनि राजस्व घटेको छ ।

गत वर्षको भन्दा यो वर्षमा राजस्व संकलनमा निकै घटेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख किसोरकुमार मेहता बताउँछन् ।लकडाउनले गर्दा स्थानीय नागरिकहरुले उत्पादन गरेको अन्य जडिबुटिहरु पनि घर तथा गोदाममै थन्किदा समस्या भएको छ ।

जटिबुटिको व्यापार बन्द हुँदा स्थानीय व्यवसायिहरु पनि मार्कामा परेको उद्योगबाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्ना बताउँछन् । सरकारले कोरोना रोकथामका लागि यार्चागुम्बासहितका जडिबुटि संकलमा लगाएको प्रतिबन्धले नागरिक वर्षभरी भोकै हुने अवस्था आएको छ । यस्ते अवस्थामा वर्षभरी ती नागरिक कसरी बाच्ने भन्ने सन्दर्भमा पनि सरकारले निर्णय लिन आवश्यक छ ।