लिदी पहिरोमा बेपत्ता भएका ५ जनाको शव फेला

लिदी पहिरोमा बेपत्ता भएका ५ जनाको शव फेला
शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक-जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका ५ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन ।

पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार जारी छ ।