प्रशिक्षणका लागि बोलाईएका एक फुटबलरलाई कोरोना पुष्टि

प्रशिक्षणका लागि बोलाईएका एक फुटबलरलाई कोरोना पुष्टि
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाईएका एक फुटबलरलाई कोरोना पुष्टि भएको छ । गत मंगलबार खेलाडीको स्वाब परिक्षण गरिएको थियो । जसमा संक्रमित खेलाडीको बिहीबारको परिक्षण नतिजा पोजेटिभ आएको थियो ।

एन्फाले तत्काल सूचना जारी गर्दै एक खेलाडीको पुनः परिक्षण गरिने बताएको थियो । बिहीबार दोस्रो पटक गरिएको परिक्षणको रिपोर्ट समेत पोजेटिभ आएको हो ।

कोरोना देखिने खेलाडीको नाम भने गोप्य राखिएको छ । फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्न एन्फाले सबै खेलाडीको कोरोना परिक्षण गरेको थियो । एक खेलाडी बाहेक अन्य सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।