आज ५९४ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या २५ हजार नाघ्यो

२४० संक्रमित डिस्चार्ज

आज ५९४ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या २५ हजार नाघ्यो
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-नेपालमा आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।