आज काठमाडौं उपत्यकामा ११९ कोरोना संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा ११९ कोरोना संक्रमित थपिए
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ८३ जना, ललितपुरका ३० र भत्तपुरका ६ जना रहेका छन् ।

उपत्यकामा ११९ सहित मुलुकभर ५९४ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । पछिल्लो २४ घण्टामा २४० जना संक्रमित डिस्चार्ज भएका छन् ।