कोरोनाले नेपालमा थप ४ जनाको मृत्यु, मृतक संख्या ९९ पुग्यो

कोरोनाले नेपालमा थप ४ जनाको मृत्यु, मृतक संख्या ९९ पुग्यो
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १/१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।