विमान दुर्घटनाम उद्धारमा खटिएका २२ अधिकारीमा कोरोना संक्रमण

विमान दुर्घटनाम उद्धारमा खटिएका २२ अधिकारीमा कोरोना संक्रमण
शुक्रबार, साउन ३०, २०७७

एजेन्सी । कोझिकोड विमानस्थलमा अवतरणका क्रममा भएको विमान दुर्घटनामा उद्धार कार्यमा खटिएका २२ अधिकारी कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेमा खोजी तथा उद्धार कार्यमा संलग्न भएका प्रहरी अधिकारीसमेत रहेका छन् ।

उक्त दुर्घटनामा मृत्यु भएका १ जना यात्रुमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उद्धारमा खटिएका सीआईएसएफका जवान, स्थानीयबासी र अधिकारीहरूलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो ।