क्वारेन्टाइनका लागी होटन दिन व्यवसायीहरु सहमत

क्वारेन्टाइनका लागी होटन दिन व्यवसायीहरु सहमत
शुक्रबार, साउन ३०, २०७७

सर्लाही । नेपाल सरकारले निर्धारण गरेको शुल्कमा क्वारेन्टाइनका लागी होटल दिन प्रदेश २ का व्यवसायीहरु सहमत भएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को भर्चुअल बैठकमा प्रदेशभरका व्यवसायीहरु नेपाल सरकारले निर्धारण गरेको शुल्कमा क्वारेन्टाइनका लागि होटल दिन सहमत भएका हुन्।

बैठकमा सहभागी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले क्वारेन्टाइन राख्न होटलको माग गरे उपलब्ध गराउन आफुहरु तयार भएको बताएको बताएका छन् ।

बैठकमा सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, धनुषा सिरहा र सप्तरीका अगुवा होटल व्यवसायी सहभागी भएका थिए । कोरोना सुरु भएपछि भारतसँग सीमा जोडिएको प्रदेश २ मा अन्य व्यवसायसँगै होटल तथा पर्यटन क्षेत्र पनि प्रभावित भइरहेको छ। अहिले जिल्लागत रुपमा र पालिकाहरुमा निषेधाज्ञा जारी भएपछि होटल व्यवसायी मारमा परेका छन् ।

विभिन्न देशबाट उद्धार गरेर काठमाडौं ल्याइएकालाई राख्न सरकारले त्यहाँका होटललाई बुझाएको शुल्कलाई नै आधार मानेर यस प्रदेशका होटल पनि उपलब्ध गराउने प्रदेशभरका होटल व्यवसायीहरुको बैठकबाट निर्णय गरिएको हो।