कोरोना संक्रमित फुटबलर घरकै आइसोलेसनमा

कोरोना संक्रमित फुटबलर घरकै आइसोलेसनमा
शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएका फुटबलरलाई सरकारले घरमै आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका उनलाई लक्षण नदेखिएको भन्दै घरमै सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।

खेलाडीको सम्पर्कमा आएका जो कोही मान्छेले पाँच दिनपछि कोरोना जाँच गराउन पनि आग्रह गरेका छन् ।

संक्रमित खेलाडीले पाटन अस्पतालमा रिर्पोट पोजेटिभ आएपछि पुनः ह्याम्स अस्पतालमा पनि कोरोना परीक्षण गराएका थिए । उक्त रिर्पोट समेत पोजेटिभ आएपछि उनी अब घरमै आइसोलेसनमा बस्नेछन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगतका बाँकी खेलका लागि भदौ १ देखि राष्ट्रिय टोलीको अभ्यास सुरु हुने तय भएको थियो । तर, अभ्यास सुरु नहुँदै फिफा र एएफसीले विश्वकप छनोटका एसियाली क्षेत्रका खेल २०२१ सम्मका लागि स्थपगत गरेपछि खेलाडी घर फर्किइसकेका छन् ।