पहिरो हटाइएपछि त्रिभुवन राजपथ सञ्चालनमा

पहिरो हटाइएपछि त्रिभुवन राजपथ सञ्चालनमा
प्रतिकात्मक तस्वीर
शनिबार, साउन ३१, २०७७

मकवानपुर – पहिरोले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।

सडक विभागले पहिरो हटाएपछि शुक्रबार साँझबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।

सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिदा सडक अवरुद्ध भएको थियो ।