वीरगञ्जका कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु

वीरगञ्जका कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु
शनिबार, साउन ३१, २०७७

पर्सा – वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय बृद्धको मृत्यु भएको हो ।

२१ गते पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनी ज्वरो आएपछि मात्रै साउन २४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका संयोजक डा.उदयनारायण सिंहले जानकारी दिए ।