आज थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त

आज थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६ हजार नाघ्यो
शनिबार, साउन ३१, २०७७

काठमाडौं-नेपालमा आज थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

बितेको २४ घण्टामा देशभर ११ हजार ४७ नमुना परिक्षण गर्दा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।