नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १०२ पुग्यो

नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १०२ पुग्यो
शनिबार, साउन ३१, २०७७

काठमाडौं-नेपालमा आज थप ३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु, पर्सा र धनुषाका १/१ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।