कोरोना संक्रमित बढेपछि सुनसरीमा ४ सय ५० वेडको आइसोलेसन निर्माण हुँदै

कोरोना संक्रमित बढेपछि सुनसरीमा ४ सय ५० वेडको आइसोलेसन निर्माण हुँदै
शनिबार, साउन ३१, २०७७

सुनसरी-केहिदिन यता जिल्लामा कोराना संक्रमितको संख्या लगातार बृद्धि भएपछि सुनसरीमा ४ सय ५० बेडको आईशोलेसन निर्माण गरिने भएको छ । आईसुलेशन सेन्टर स्थापना गर्नका लागि सुनसरीका १२ स्थानीय तहबाट तीन लाखका दरले ३६ लाख रकम जुटाइएको छ ।

१२ वटै स्थानीय तहमा संक्रमितको संख्या बृद्धि भएपपछि जिल्ला सुरक्षा समितिको बैठकले रकम व्यबस्थापनका लागि स्थानीय तहलाई पैसा संकलनका लागि आग्रह गरेको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयपछि जिल्लाका विभिन्न स्थानमा आइशोलेसन सेन्टर स्थापना गर्न लागिएको हो । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार सुनसरीको भुटाहा अस्पतालमा ५० बेड, धरानको हरियाली सामुदायिक वनको भवन र इनरुवा बसपार्कमा २५/२५ बेडको आईसोलेशन सेन्टर पनि तयार गरिएको छ ।

त्यस्तै चतरा आश्रम, इटहरी रंगशाला र दुहबीको राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा सय/सय बेडको आइसोलेशन सेन्टर निर्माण भईरहेको एसपी थापाले जानकारी दिए ।

यस्तै दुहवीको अरुण वनस्पतीको भवनमा पनि ५० बेडको आर्यसोलेशन सेन्टर निर्माण भैरहेको छ भने इटहरीमा नेपाली सेना र सशस्त्र प्रहरीलाई मात्र राख्ने अर्को आईसुलेशन पनि तयारी भैरहेको छ ।

सुनसरीमा हालसम्म २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरैजसो संक्रमित निको भएर घर फर्किसकेका छन् ।