बिरालोलाई ‘सेक्यूरिटी गार्ड’को जागिर !

बिरालोलाई ‘सेक्यूरिटी गार्ड’को जागिर !
शुक्रबार, भदौ १२, २०७७

काठमाडौं- हाल कोरोना महामारीका कारण विश्व नै त्रस्त छ । यो विषम परिस्थितिमा कतिपय मानिसले जागिरबाट हात धुनु परेको छ । कोही जागिरमा जाँदा कोरोना संक्रमण हुने पो हो कि भनेर चिन्तामा छन् ।

विश्वमा धेरै मानिस कोरोना महामारीका कारण बेरोजगार बनिरहँदा अष्ट्रेलियामा भने एउटा बिरालोलाई सेक्युरिटी गार्डको जागिर दिइएको छ । त्यो पनि अस्पतालको ।

अहिले सबैभन्दा बढी संवेदनशील क्षेत्र नै अस्पताल मानिएको छ । सानोतिनो बिराम भएको अस्पतालले नै उपचारका लागि नआउन आग्रह गरेको छ ।

अष्ट्रेलियाको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको समाचार अहिले सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ । उक्त बिरालोलाई अष्ट्रेलियाको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सेक्युरिटी गार्डको रुपमा जागिर दिएको हो ।

जो अहिले गेटमा सेक्युरिटीको काम गरिरहेको छ । उसलाई आईडी कार्ड समेत लगाइदिइएको छ । बिरालोको घाँटीमा सेक्युरिटी गार्डको कार्ड झुण्ड्याइएको तस्वीर सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ ।

हेरौं केही तस्वीर-