साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार

साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्धार
शनिबार, भदौ १३, २०७७

दोहा- साउदी अरबमा अलपत्र परेका ६ नेपाली चेलीको उद्धार गरिएको छ ।

गन्तव्य नेपाल साउदीले एक कम्पनीमा कार्यरत करीव ७ महिनादेखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी स्वदेश पठाएको छ ।

कोरोनाको महामारीको कारण लामो समयसम्म कम्पनीले तलब नदिँदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्धार गरिदिन अनुरोध गरेका थिए ।

करार अबधि पूरा भएर पनि नेपाल नपठाएको र बिना सूचना अर्को करार थपिदिने तथा घर जानलाई अनुमति पनि नदिएकाले बिगत २ वर्षदेखि नेपाल फर्कन चाहेर पनि उनीहरु फर्किनसकेका थिएन् ।

गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेल, मिलन गुरुङ तथा हिरा केसीको पहलमा साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी पीडित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्तव्य नेपाल साउदीले जनाएको छ ।