लिदि पहिरो पीडितलाई ९ लाख सहयोग

लिदि पहिरो पीडितलाई ९ लाख सहयोग
मङ्लबार, भदौ १६, २०७७

सिन्धुपाल्चोक– गैह्र आवासीय नेपाली संघ र सिन्धु सोसाइटि अमेरीकाले आज लिदि पहिरो पीडितहरुका लागि सहयोग गरेका छन् ।

आज गैह्र आवासीय नेपाली सघंका तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाइटिको तर्फबाट ४ लाख गरी ९ लाख जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाइ सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए ।

गैह्र आवासीय नेपाली सघंका तर्फबाट केन्द्रीय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटिका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गरेका हुन् ।

साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ । २ जना अझै बेपत्ता छन् ।

पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्र्याएको थियो । पहिरो पीडितहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।