हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर

हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो नियमित उडानको भाडादर
बिहिबार, भदौ १८, २०७७

काठमाडौँ- नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।

विदेशमा अलपत्र  नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारले स्वीकृत गरेको भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ ।

यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

सार्वजनिक भाडादरमा दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ ।

त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।

हिमालयले नियमित उडान हुने काठमाडौँ–अबुधाबी र काठमाडौँ क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ ।

उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागू गर्न सक्दछ ।

सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।

हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्धार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।