सुशान्त मृत्यु प्रकरण : प्रेमिका रिया चक्रवर्ती पक्राउ

सुशान्त मृत्यु प्रकरण : प्रेमिका रिया चक्रवर्ती पक्राउ
मङ्लबार, भदौ २३, २०७७

काठमाडौँ— भारतीय अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणपछि प्रहरीले उनकै प्रेमिका रिया चक्रवर्ती पक्राउ गरेको छ ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एनसीबीले अभिनेता राजपुतको मृत्युमाथि ड्रग्सको सम्बन्ध रहेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

गत शुक्रबार एनसीबीले रियाका भाइ सोविकसहित ४ जनालाई पक्राउ  गरेको थियो । उनले एनसीबीको अघि आफूले ड्रग्स खरिद गर्दै आएको पनि स्वीकारेको समाचारहरुमा बताइएको छ ।

रियाकै कारण आफूले स्यामुएल मिरान्डालाई ड्रग्स मगाउने गरेको कुरा पनि स्वीकारेको बलिउड हंगामाले उल्लेख गरेको छ । सोविकसँगै स्यामुएल एललाई पनि प्रहरीले प्रकाउ गरेको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।